Techie IT
सोमबार, वैशाख २२,२०८२

एमाले सौदाबाजी र बदलाको राजनीति गर्दैन: नेता थापा


नेकपा (एमाले) का युवा नेता सूर्य थापाले नेकपा (माओवादी केन्द्र) सँगको सम्बन्ध सुध्रिएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आलोचकका रुपमा चिनिएका थापाले एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेसँगै सम्बन्ध सुध्रिएको बताएका हुन् ।

‘प्रचण्डसँग सम्बन्ध बिग्रिएको थियो, उनि बालकोट गएर लयमा फर्किए । कलाकारहरुले ‘के छ खबर पुरानो जोडाको’ भनेर गीतसमेत बनाइसके,’ थापाले भने ।

साथै नेपाली कांगे्रसको नेतृत्वमा रहेको पूर्व पाँच दलीय गठबन्धनलाई थापाले बदनाम, जनविरोधी, विकास विरोधी र निकम्मा गठबन्धनको संज्ञा दिएका छन् । हालै सम्पन्न मंसिर ४ को निर्वाचनले कांगे्रस सभापति शेरबहादुर देउवा नेतृत्वको अप्राकृतिक गठबन्धनको विदाइ भएको उनले बताए । ‘यो आवधिक निर्वाचनबाट पुरानो जनादेशसँगै परमादेश विदाइ भयो । ठग बन्धन विदाइ भयो । शेरबहादुर देउवा विदाइ हुनुभयो । उनको नेतृत्वमा मिलेर बनेको ‘कालेकाले मिलेर खाउ भाले’ गठबन्धन असैद्धान्तिक, अप्राकृतिक र केही काम गर्न नसक्ने गठबन्धन विदाइ भयो,’ उनले भने ।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अब दरार नआउने र माओवादीसँग वाम एकता चाहिँ नहुने उनले बताएका छन् । अहिलेको सरकारमा राष्ट्रपति र सभामुख एमालेको भागमा रहेको र एमालेसँग राष्ट्रपति बनाउनका लागि एक सय एक उम्मेदवार रहेको उनले बताए ।

साथै, एमालेले सौदाबाजी र बदलाको राजनीति नगर्ने दाबी गर्दै अबका दिनमा माओवादीसँग विश्वासको राजनीति सुरु भएको उनले बताए । नेकपा (एकीकृत समाजवादी) सँग घाम जून रहेसम्म पार्टी एकीकरण हुन नसक्ने र माधव नेपाललाई एमालेले राष्ट्रपतिको रुपमा अगाडि सार्ने कुरा हल्ला मात्रै भएको उनले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #सूर्य थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:19 am6:41 pm +0545