नयाँ सरकारले मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास लिएको छुः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ सरकारले मुलुकको सुशासन, गुणस्तरीय जनसेवा प्रवाह, जनसुरक्षा, तीव्र आर्थिक विकास, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि द्रुत गतिमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
पुराना वर्ग (वर्ष) को बिदाइ र नयाँ वर्गलाई स्वागत गर्दै तमू (गुरुङ) समुदायले हर्षोल्लासका साथ मनाउने तमू ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सातै प्रदेशमा संविधानबमोजिम छिट्टै सरकार बन्नेमा पूर्ण विश्वससमेत उनले व्यक्त गरे ।
उपराष्ट्रपति पुनले तमु ल्होसारले नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाएर समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गर्ने उल्लेख गर्दै सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्ने विश्वास व्यक्त गरे ।
“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो, यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास छ, विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति छन्, हामीमा विविधताबीचको एकता छ, यो नै हामी नेपालीको साझा पहिचान हो”, उपराष्ट्रपति पुनले भनेका छन् ।
“तमु (गुरुङ) समुदायको सांस्कृतिक चाड तमुल्होसार २०७९ का अवसरमा तमु दिदीबहिनी, दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नन्दबहादुर पुन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्