Techie IT
शुक्रबार, असार ६,२०८२

प्रधानमन्त्री दाहालसँग अमेरिकी राजदूत थोम्पसनको भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालसँग भेटवार्ताका लागि राजदूत थोम्पसन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । भेटवार्ताका क्रममा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ ।

सो अवसरमा राजदूत थोम्पसनले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा दाहाललाई बधाईसमेत दिनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #डिन आर थोम्पसन, #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Rain
5:07 am7:03 pm +0545