नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका लागि लामा र बाँनियाले गराए उम्मेदवारी दर्ता

हेटौंडा। नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताका लागि बहादुर सिं लामा र इन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार बिहान प्रदेशसभाको प्रदेश संसदीय दलको कार्यालय हेटौंडामा दलको नेताका लागि पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामा र प्रदेश सभापति बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् ।
लामाको उम्मेदवारी दर्ताका लागि प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा उर्मिला नेपाल, तिर्थ बहादुर लामा, रमेश कुमार महत र रामकृष्ण चित्रकार रहेका छन् भने बानियाँको प्रस्तावकमा प्रभात तामाङ र समर्थकमा छिरिङ दोर्जे लामा रहेका छन् ।
दलको नेताको लागि उम्मेदवारी दर्ता गराएका लामा र बानियाँ दुबै पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् ।
निर्वाचनको कार्यक्रम अन्तर्गत मदतान कार्यक्रम आजै २ बजेदेखि ३ बजेसम्म हुने कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । मतदान समाप्त भए पश्चात आजै मतगणना र मतपरिणामको घोषणा हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #बागमती प्रदेश
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्