अस्थिरता चाहने विश्व राजनीतिको प्रभाव नेपालमा देखा पर्यो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अस्थिरता चाहने विश्व राजनीतिको प्रभाव नेपालमा देखा परेको बताएका छन् ।
नेकपा (एमाले) को जनसंगठन समन्वय संयन्त्रको सातौं बैठकलाई आज सोमबार सम्बोधन गर्दै महासचिव पोखरेलले मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको परिणामलाई लिएर विश्व राजनीतिको प्रभाव नेपालमा देखिएको बताएका हुन् ।
हालैको निर्वाचन परिणामले मुलुकमा अस्थिरतालाई प्रवर्द्धन गरेको बताउँदै महासचिव पोखरेलले अहिलेको जनमतले समाधान नदिने र यसको प्रभाव राष्ट्रिय राजनीतिमा बढ्दै जाने टिप्पणी गरे ।
महासचिव पोखरेलले सामान्यतया सहरिया मध्यमवर्गीय जनता सत्ता विरोधी हुने गरेको बताउँदै त्यस्तो जनमत प्रतिपक्षको पक्षमा हुने मान्यता रहे पनि एमालेले निर्वाचनमा त्यसलाई पक्षमा पार्न चुकेको विश्लेषण गरे । छिटो–छिटो परिवर्तन चाहने मध्यमवर्गीय जनताको मनोविज्ञान बुझेर कार्यक्रम दिनसक्नुपर्ने उनको भनाइ छ ।
महासचिव पोखरेलले निर्वाचनमा जनसंगठनको भूमिका अपेक्षित हुन नसकेको वताउँदै अबका दिनमा योजनावद्ध र व्यवस्थित ढंगले अगाडि बढ्नु जरुरी रहेको बताए ।
नेकपा (एमाले) स्थायी कमिटीका सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकमा पार्टीका सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य रचना खड्का, विभिन्न २३ जनसंगठनका अध्यक्ष, महासचिव लगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्