करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । रियल मड्रिडका स्ट्राइकर तथा फ्रान्सेली फरवार्ड करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बेन्जेमाले आफ्नो ३५औं जन्मदिनकै अवसरमा टि्वीटर मार्फत आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
फिफा विश्वकप २०२२ मा आफ्नो टोली अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित भएपछि बेन्जेमाले सन्यासको घोषणा गरेका हुन् । फिफा विश्वकप २०२२ मा टोलीमा रहेका बेन्जेमा अभ्यासको क्रममा तीघ्रामा चोट लागेपछि विश्वकप खेल्नबाट वञ्चित भएका थिए ।
सन् २००७ को मार्चमा अष्ट्रिया विरुद्ध फ्रान्सबाट डेब्यु गरेका बेन्जेमाले फ्रान्सको लागि ९७ खेल खेल्दा ३७ गोल गर्न सफल भएका छन् । बालन डे अवार्डबाट पुरस्कृत बेन्जेमाले नेसन्स लिग जितेसँगै फ्रान्सलाई २०२२ को विश्वकपमा सजिलै क्वालिफाइ गराएका थिए ।
बेन्जेमाले रियल मड्रिडलाई लालिगा, दुईवटा कोपा डे रे र पाँचवटा च्याम्पियन्स लिगसहित २३ वटा उपाधी दिलाउँदै रियल मड्रिडका दोस्रो धेरै गोल गर्ने खेलाडीका रुपमा आफूलाई चिनाएका छन् । करिम बेन्जेमाले फ्रेन्च टोलीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा पाँचौ स्थानमा आफ्नो नाम दर्ता गराएका छन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #करिम बेन्जेमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्