विश्वकप फुटबल: उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौं । विश्वकप फुटबल २०२२ अन्तर्गतको फाइनल खेल आज फ्रान्स र अर्जेन्टिनाका बीच हुँदै छ । फाइनल खेल आज राती नेपाली समय अनुसार ८ः४५ बजे कतारको लुजेल आइकोनिक रंगशालामा हुनेछ ।
फ्रान्सले मोरक्को र अर्जेन्टिनाले क्रोएसियालाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । फ्रान्स र अर्जेन्टिना दुवैले यस अघि दुई पटक विश्वकप फुटबलको उपाधि जितिसकेका छन् ।
अर्जेन्टिनाले सन् १९७८ र सन् १९८६ को विश्वकप जितेको थियो भने फ्रान्सले सन् १९९८ र सन् २०१८ को विश्वकप उपाधि जितेको छ ।
यसै गरी विश्वकप फुटबल अन्तर्गतको तोस्रो उपाधिका लागि हिजो भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
विश्वकप फुटबलको फाइनलसँगै आज साँझ विश्वकप फुटबल २०२२ को समापन समारोह हुँदैछ ।
१५ मिनेट लामो समापन समारोहले विश्वकपमा गीत,सङ्गीत र खेलले कसरी विभिन्न देश,संस्कृति र भाषा भएका मानिसलाई एकै ठाउँमा ल्याउँछ भन्ने कुरा देखाइने फिफाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।विश्व प्रख्यात गायक र सङ्गीतकारहरूले आज हुने समापन समारोहमा प्रस्तुती दिंदैछन् ।
विश्वकपकै फाइनलको दिन आज आयोजक राष्ट्र कतारले आफ्नो राष्ट्रिय दिवश मनाउँदै छ । कतारको राष्ट्रिय दिवसमा आज त्यहाँका अमिर शेख तमिम विङ अल थानीको नेतृत्वमा विश्वकपसँगै अन्य कार्यक्रम हुनेछन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै, #विश्वकप फुटबल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्