राष्ट्रिय जनमोर्चाले गर्यो अध्यादेशको बिरोध

काठमाडौं । वर्तमान सत्ता गठबन्धनकै घटक दल राष्ट्रिय जनमोर्चाले पनि देउवा सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ ।
सरकारले अध्यादेश ल्याएर रेशम चौधरीलाई आममाफी दिन लागेकोप्रति जनमोर्चाले आपत्ति जनाएको हो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज मंगलबार विज्ञप्ति जारी गर्दै सरकार बनाउन बहुमत पुर्याउनका लागि मात्रै अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
‘रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण होइन, सरकार बनाउन बहुमत पुर्याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ। आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।
राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुने खतरा बढेको बताउँदै उनले सरकार बनाउन बहुमत पुर्याउने उद्देश्यले दण्डहीनतालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत भएको बताएका छन् ।
यस्तो छ विज्ञप्ति–
टिकापुर जघन्य हत्याकाण्डका रेशम चौधरी मुख्य नाइकेको भूमिकामा थिए । त्यसैले अदालतले उनलाई जेल सजायको फैसला गरेको थियो । वर्तमान काम चलाउ सरकारले रेशम चौधरी समेतका व्यक्तिहरु जो विभिन्न फौजदारी अपराधमा जेल सजाय भोगिरहेकालाई जेल मुक्त गर्नका लागि नै फौजदारी कार्यविधि संहितामा संशोधन गर्न खोजेको छ । रेशम चौधरी लगायतका अन्य अन्यायमा परेका कारण होइन सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले नै रेशम चौधरीलाई जेलमुक्त गर्न अध्यादेश ल्याउन खोजिएको प्रष्ट छ । आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहिनता बढ्ने छ । राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण हुने खतरा बढ्ने छ । त्यसैले सरकार बनाउन बहुमत पु¥याउने उद्देश्यले दण्डहितालाई प्रश्रय दिन अध्यादेश ल्याउन सरकारले गरेको निर्णय गलत छ । त्यो गलत निर्णयको हामीले घोर विरोध तथा भत्र्सना गर्दछौं ।
मिति २०७९ मंसिर २७
क्याटेगोरी : समाचार
ट्याग : #चित्रबहादुर केसी, #राष्ट्रिय जनमोर्चा, #राष्ट्रिय जनमोर्चाले गर्यो अध्यादेशको बिरोध
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्