जसपामा मधेश प्रदेशको समानुपातिक सूचीलाई लिएर विवाद उत्पन्न

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा मधेश प्रदेशको समानुपातिक सूचीलाई लिएर विवाद उत्पन्न भएको छ । मधेश प्रदेशमा प्रत्यक्षमा नौ सीट जितेको जसपाले समानुपातिकमा सात सीट पाएको छ ।
सात सीटमध्ये ६ जना महिला र एकजना पुरुष चयन गर्नुपर्नेमा विवाद देखिएको हो । एकजना पुरुष पठाउनुपर्नेमा त्यहाँ ३ जनाको नाम आएका छन् । मधेसी कोटामा मनिष सुमन, दलित कोटामा चन्देश्वर सदा र मुस्लिम कोटामा मोहम्मद युसुफ खाँको दावी रहेको छ ।
हिजो बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा मुख्य विवाद यसैमा थियो । स्रोतका अनुसार बैठकमा कुरा नमिलेपछि सातजना महिला र तीनजना पुरुषसहित १० जनाको नाम निर्वाचन आयोगमा पठाइएको छ । आयोगले जसको नाम टुग्याउँछ, त्यसलाई पार्टीले स्वीकार गर्ने भनेर १० जनाको नाम पठाएको एक नेताले जानकारी दिए ।
आयोगमा महिलामा बिन्दु यादव, किरण साह, ममता मण्डल, शोभादेवी साहु, सहिदा खातुन, सन्जिला यादव र ललिता बिद्रोहीको नाम गएको छ भने पुरुषमा मनिष सुमन, चन्देश्वर सदा र युसुफको नाम गएको छ । तीनजना पुरुषमध्ये एकजना जुन कलष्टरबाट चयन हुन्छन् सोही कलष्टरको आधारमा सातजना महिलामध्ये एकजनाको नाम हटाइने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्