चम्पावती जलविद्युत आयोजना कार्यालयमा आगजनी र तोडफोड

गोरखा। चम्पावती जलविद्युत आयोजनाका कारण राइनासटारको १२०० हेक्टर खेत सुख्खा लाग्ने भन्दै किसानहरुले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारी साधनमा आगजनी गरेका छन् ।
शनिबार कार्यालय परिसरमा पुगेका पाँचसय जना भन्दा धेरै स्थानीय किसानले जलविद्युत आयोजना कार्यालयमा आक्रमण गरेका घटनाका प्रत्यक्षदर्शी सुजन न्यौपानेले जानकारी दिए ।
राइनासटार सिँचाइ आयोजनाको बाँधभन्दा दुईसय मिटर तल जलविद्युत आयोजनाको निकास हुँदा खेतमा सुख्खा लाग्ने हुँदा बाँध माथि निकास हुने गरी आयोजना बनाउन लामो समयदेखि किसानहरुले माग गरिरहेका थिए ।
तर निर्माण कम्पनीले किसानहरुको माग सम्बोधन नगरेको भन्दै किसानहरु आक्रोशित भएका उनको भनाइ छ । आक्रोशित किसानहरु शनिबार दिउसो १ बजेतिर सो हाइडूो पावर कम्पनीको सिरानचोक गाउँपालिका (२ पाण्डेवेशीस्थित कार्यालयमा पुगेका थिए । आन्दोलनको क्रममा उछृङ्खल समूहले कार्यालयमा तोडफोड र सवारी साधनमा आगजनी गरेका हुन् ।
आक्रमणबाट आयोजनाको एउटा कार्यालय भवन तोडफोड भएको, दुईवटा मोटरसाइकल तथा एउटा मिनीटूक र एउटा एक्साभेटर जलाएर पूर्ण रुपमा नष्ट गरेका गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिए ।
आक्रमणबाट चार, पाँच करोड बराबरको क्षति भएको चम्पावती जलविद्युत आयोजनाका प्रवद्र्धक हरेराम ढकालले बताए । ‘बाँधभन्दा माथि नै निकास खस्छ । तर कसैको उक्साहटमा किसानहरु त्यसरी अराजक भएर आउनु दुखद भयो’, उनले भने, ‘अब हामी क्षतिपूर्ति र कारबाहीका लागि अघि बढ्छौँ ।’
प्रहरीले घटनाको अनुसन्धान गरी घटनामा संलग्नको खोजी कार्य गरिरहेको एसपी खनालले बताए । दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #चम्पावती जलविद्युत आयोजना
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्