बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघ्यो

बागमती । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार सात पुगेको जानकारी दिइएको छ ।
बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि आजसम्ममा डेंगुबाट संक्रमितको संख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ । काठमाडौं जिल्लामा ११ हजार एक सय २७ डेंगुका बिरामी फेला परेका छन् । रसुवा जिल्लामा ११ मा मात्र डेंगुका संक्रमित फेला परेको बताइएको छ ।
डेंगुको संक्रमणबाट ललितपुरमा नौ हजार छ सय तीन, मकवानपुरमा पाँच हजार आठ सय २२, भक्तपुरमा एक हजार एक सय २४, चितवनमा तीन हजार एक सय ५९, धादिङमा एक हजार छ सय ४५, काभ्रेमा पाँच सय ३६, रामेछापमा दुई सय ३४, सिन्धुपाल्चोकमा दुई सय नौ, नुवाकोटमा, दुई सय ७३, सिन्धुलीमा एक सय ७० र दोलखा जिल्लामा एक सय चार जना बिरामी भएको सो निर्देशनालयबाट प्राप्त विवरणमा जनाइएको छ ।
त्यसैगरी प्रदेशमा हालसम्म डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ पुगेको बताइएको छ । काठमाडौंका सात, सिन्धुली र रामेछापका तीन/तीन, ललितपुर, काभ्रे, मकवानपुर र चितवनका दुई/दुई र धादिङका एक जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #डेंगु रोग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्