सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति जनता समाजवादी पार्टीको ध्यानाकर्षण
जनता समाजवादी पार्टी, नेपालले काठमाण्डौको थापाथलीमा गत मंगलबार सुकुम्बासी बस्तीमा महानगरको डोजर चलाउने कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जसपाले देशमा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यबस्थित सुकुम्बासीहरूको पहिचान तथा प्रमाणीकरण र अभिलेखिकरण गर्न राष्ट्रियभूमि आयोगले काठमाण्डांै महानगरपालिका सहित अधिकांश स्थानीय सरकारसँग सम्झौता गरेको र सोही अनुरूप कतिपय ठाउँमा स्थानीय सरकार र राष्ट्रिय भूमि आयोगले काम अगाडि बढाइरहेको बेला काठमाण्डौको थापाथली स्थित बागमती नदी किनारमा वसोबास गर्दै आएका सुकुम्बासी बस्ती हटाउन खोज्दा उत्पन्न घटनाप्रति जनता समाजवादी पार्टी, नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एकिकृत बागमती सभ्यता विकास समितिले बागमती नदी किनारका क्षेत्र सौन्दर्यकरण गर्ने भन्दै त्यहाँका घरटहरा र खासगरी सुकुम्बासी बस्ती हटाउन सूचना जारी गरेको आधारमा काठमाण्डौ महानगरको बस्तीमा डोजर चलाउने काम अविलम्ब रोकी सरोकारवालाहरू सँगको समन्वयमा विधि, प्रकृया र कानुनसम्मत ढंगले आपसी समझदारीका आधारमा समस्या समाधानको बाटो पहिल्याउनु पर्नेमा जसपाले जोड दिएको छ ।
विद्यमान सुकुम्बासी समस्या सिंगो मुलुकको समस्या हो,गम्भीर र संयमित भई सम्बन्धीत सबै पक्षलाई अगाडि बढ्न जसपा, नेपालले जोडदार माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्