स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली कांगेसका उम्मेदवारहरु विजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणनाबाट प्रतिनिधिसभातर्फ कांग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी हुनुभएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँले ३१ हजार चार सय ६६ मत प्राप्त गर्नुभएको छ ।
उहाँकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गर्नुभएको छ । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गर्नुभएको छ । स्याङ्जा–२ (२) मा नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई विजयी हुनुभएको छ ।
भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गर्नुभएको छ । उहाँले एक हजार सात सय ८६ मतान्तर विजयी हुनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धनराज गुरुङ, #पद्माकुमारी अर्याल, #स्याङ्जा–२ मा कांग्रेसका धनराज गुरुङ निर्वाचित
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्