भारतले फुकुवा गरे लगत्तै वीरगन्ज नाकाबाट धान–चालमको आयात बढ्यो
वीरगञ्ज । भारतले धान र चामलको निर्यात खुल्ला गरे लगत्तै वीरगन्ज नाकाबाट धान र चामलको आयात ह्वात्तै बढेको छ । मङ्सिर ४ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सकिए लगत्तै भारतबाट यसको आयात सुरु भएको हो ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आइसीपी) सञ्चालक इन्टरमोडल यातायात विकास समितिको तथ्याङ्क अनुसार मङ्सिर ५ देखि १७ गतेसम्म वीरगन्ज नाका हुँदै १ हजार ९ सय ४० ट्रक धान र चामल भारतबाट आयात भएको छ ।
जसमा १ हजार ९ सय १२ ट्रक धान र २८ ट्रक चामल रहेको छ । गत बिहीबार एकै दिन २ सय ५ ट्रक धान आयात भएको थियो । इन्टर मोडलका अपरेसन इन्चार्ज जितेन्द्र रसाइलीले धान चामलको आयात बढेपछि यो नाका हुँदै दैनिक भित्रिने मालवाहक सवारीको सङ्ख्या नै बढेको बताउनुभयो ।
यसअघि दैनिक ४ सयदेखि ४ सय ५० को हाराहारीमा मालवाहक सवारी साधन दैनिक भित्रिने गरेकोमा डेढ साता यता भने दैनिक ५ सयदेखि ५ सय ५० ट्रक मालसामान वीरगञ्ज नाकाबाट भित्रिने गरेको रसाइलीले बताउनुभयो ।
भारतले नेपालतर्फ धान र चामलको निर्यात खुल्ला गरे लगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत दिल्ली सुवेदीले जानकारी दिनुभयो ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवम् नेपाल चामल दाल तेल उद्योग संघका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताले भारतले नेपालका लागि यस वर्ष ६ लाख मेट्रिक टन मात्र धान चामलको निर्यात फुकुवा गरेकाले व्यवसायीले हतारमा धान चामल आयात गरिरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #धान–चालम, #धान–चालमको आयात बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्