उत्तरी अफगानिस्तानस्थित मदरसामा विस्फोट, १५ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । उक्त घटनामा अन्य २२ जना घाइते भएका बताइएको छ ।
नाम नबताउने शर्तमा अफगानिस्तानी प्रहरीले भने, “काबुलबाट २१५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी अयबक शहरमा स्थानीय समयअनुसार दिउँसो १ बजे मेड्रेसा जिहादिया (जिहादी मदरसा) मा भएको विस्फोटमा १५ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका छन् ।” घटनाबारे थप अनुसन्धान भइरहेको ती अधिकारीले बताएका छन् ।
अफगानीस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी टाकोरले उक्त रक्तपातपूर्ण घटनाको पुष्टि गर्दै सामंगन प्रान्तमा बुधबार अपराह्न धार्मिक विद्यालय (मदरसा)मा भएको विस्फोटमा परी १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको बताउनुभयो । विस्फोटको जिम्मेवारी कुनै पनि समूह वा व्यक्तिले लिएको छैन ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #अफगानिस्तान
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्