समानुपातिकतर्फ नेकपा एमालेले कटायो २७ लाख मत

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख मत कटाएको छ।
एक करोड ४२ हजार ५१४ मत गनिसक्दा एमालेले ताजा अवस्थामा २७ लाख ९०४ मत ल्याउन सफल भएको हो।
सुरुदेखि नै अग्रता बनाएको एमालेले समानुतिकतर्फ अग्रता कायमै राखेको छ। एमालेले नेपाली कांग्रेससँग करिब डेढ लाखको फराकिलो अन्तर बनाएको छ।
बुधबार दिउँसो १ बजेसम्म एमालेले २७ लाख कटाउँदा कांग्रेसले २५ लाख ५९ हजार ३९१ मत ल्याएको छ। उता माओवादी केन्द्रले ११ लाख ४५ हजार ३९१ मत ल्याएर तेस्रोमा छ। चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १६१ मत ल्याएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, #समानुपातिकतर्फ नेकपा एमालेले कटायो २७ लाख मत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्