माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटेमा

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ ।
पार्टीको दस्ताबेज लेखन र महत्त्वपूर्ण राजनीतिक निर्णय लिनु अघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे आउने गर्नुभएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा निवर्तमान सभामुख अग्निप्रसाद सापकोटासँगै प्रचण्ड सुकुटे आउनुभएको हो ।
सुकुटेमा अध्यक्ष प्रचण्डले र्याफ्टिङ समेत गर्नुभएको छ । निकट स्रोतका अनुसार प्रचण्ड, सभामुख सापकोटा लगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नुहुने छ ।
काठमाडौँबाट करिब २ घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे बसाई आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मक रुपमा सस्तो समेत रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटेमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्