घर जग्गा कारोबारमा मन्दी , ऋणको चेपुवामा परेका व्यवसायी सस्तोमा बेच्न बाध्य
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको छ। स्थानीय भू–उपयोग परिषदबाट भइरहेको जग्गा वर्गीकरणले पनि जग्गाको कारोबारमा कमी आएको छ।
अर्कातिर बैंकको ब्याजदरमा भएको वृद्धि, कर्जा लगानीमा भएको सुस्तताले पनि कारोबार घट्दै गएको हो।
कोरोनापछि घरजग्गा कारोबार निरन्तर ओरालो लागिरहेको छ। त्यस्तै स्थानीय तहबाट जग्गा वर्गीकरणको काम भइरहेकाले पनि कारोबारमा प्रभाव पारेको छ।
कारोबारमा मन्दी आएपछि जग्गा किन्ने ग्राहकहरूले मोलमोलाइ बढाएका छन्।

पछिल्लो समय आर्थिक समस्यामा परेकाहरूले आफ्नो जग्गा भाउ कम गरेर भए पनि बेच्न थालेपछि खरिदकर्तालाई मोलमोलाइमा सहज भएको व्यवसायीहरू बताउँछन्।
‘जसको व्यापार-व्यवसाय राम्रो चलेको छैन तर बैंकको ब्याज तिर्नुपर्ने छ उनीहरूले सस्तोमा जग्गा बेचिरहेका छन्,’ एक घरजग्गा व्यवसायीले भने।
उनका अनुसार बैंकबाट धेरै रकम ऋण लिएकाहरूले अहिले सस्तोमा जग्गा बेच्न बाध्य छन्।
ऋणको चेपुवामा परेका व्यवसायीले सस्तोमा जग्गा बेचिरहेका हुनाले यो समय घरजग्गा किन्ने उपयुक्त भएको व्यवसायीहरू बताउँछन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #घर जग्गा कारोबार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्