Techie IT
आईतबार, वैशाख २१,२०८२

निर्वाचनलाई त्रुटिरहित तवरले सम्पन्न गराउने बागलुङका प्रहरी उपरीक्षक ज्ञवाली सम्मानित


बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली (आइतबार) जिल्ला प्रशासन कार्यालय बागलुङबाट सम्मानित भएका छन् । उनलाई बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले प्रशंसापत्रद्वारा खादा ओढाई सम्मान गरेका हुन् ।

प्रदेशसभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित तवरले सम्पन्न गराउन प्रभावकारी भूमिका खेल्नुको साथै, प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थामा चुस्तदुरुस्त पारेको भन्दै सम्मान गरिएको प्रजिअ ढकाल बताउँछन् ।

आइतबार सम्मानित भएका उपरीक्षक ज्ञवालीलाई हिजो (शनिबार) मात्रै पनि मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले समेत सम्मान गरेका थिए । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन, उत्कृष्ठ व्यवस्थापन र शान्ति तथा सुव्यवस्था कायम गर्ने कार्यमा कुशलता एवं ईमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै प्रशंसा पत्र ग्रहण गरिएको भट्टले बताए ।

मुख्य निर्वाचन अधिकृतबाट सम्मानित हुनुहुँदै 

यस अघि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै बाग्लुङका प्रजिअले यसअघि पनि प्रशंसापत्रद्वारा सम्मान गरेका थिए । प्रहरी उपरीक्षक ज्ञवालीले स्थानीय तहको निर्वाचनमा आफू र मातहतका सकल दर्जाबाट शान्ति सुव्यवस्था कायम गर्न कुशलता एवं इमान्दारितापूर्वक निर्वाह गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको प्रजिअ ढकालले बताए ।

बागलुङको प्रहरी प्रमुखको रूपमा जिम्मेवारी सम्हालेसंगै उनलेे अपराधीक गतिविधिमा समेत उल्लेखनीय सफलता हात पार्दै आएको छ । उनी ज्ञवाली जहाँ गएपनि प्रहरी संगठनमा पुरस्कृत भइरहने अधिकृत हुन् भने उनी एक अब्बल प्रहरी अधिकारीका रूपमा समेत चिनिन्छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, निर्वाचन बिशेष, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:20 am6:40 pm +0545