सुनसरी-३ मा एमालेकी भगवती चौधरीको अग्रता कायम,विजय गच्छदार

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक मत गणनामा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले अग्रता कायम गर्नुभएको छ ।
शुक्रबार बिहानसम्म एमालेकी उम्मेदवार चौधरीले ११ हजार ७ सय १६ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजय गच्छदारले ७ हजार ३२३ मत प्राप्त गर्दै पछ्याईरहनुभएको छ । २०४८ सालदेखि निरन्तर रुपमा चुनाव लडेर पटक(पटक मन्त्री बन्नुभएका गच्छदारलाई यसपटक संसद भवन प्रवेशमा ब्रेक लाग्ने भएको छ ।
साथै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल बाबु मैनालीले सुरूवातमा अग्रता लिएपनि उहाँ तेस्रो स्थानमा झर्नु भएको छ। उहाँले ४ हजार ८ सय ५५ मत प्राप्त गरेर चौधरी र गच्छदारलाई पछ्याईरहनुभएको छ ।
गच्छदारसँग दोस्रो पटक पराजित भएकी चौधरी तेस्रो पटको प्रतिस्पर्धामा जिततर्फ अगाडि बढ्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भगवती चौधरी, #भगवती चौधरीको अग्रता कायम, #विजय गच्छदार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्