समानुपातिकतर्फ एमालेले १० लाख कटायो, कुन दलले कति मत ल्याए ?
काठमाडौं । जारी मतगणनामा नेकपा एमालेले १० लाख मत कटाएको छ ।
निर्वाचन आयोगका अनुसार मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा एमाले शीर्ष स्थानमा छ । समानुपातिक तर्फको मतगणनामा एमालले सुरुवातदेखि नै अग्रता लिइरहेको छ ।
एमालेले हालसम्म १० लाख मत कटाइसकेको छ । जारी मत गणनाको पछिल्लो परिणामअनुसार एमालेले १० लाख ३३ हजार २२९ मत पाएको छ।
यस्तै, नेपाली कांग्रेस ९ लाख ८९ हजार १ मतका साथ दोस्रो स्थानमा छ। ४ लाख ८८ हजार ६ सय ९७ मत ल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा रहेको छ । यस्तै, नेकपा माओवादी केन्द्र ४ लाख ५२ हजार ६ सय ४८ मतसहित चौथो स्थानमा छ।
पाचौँमा २ लाख ६२ हजार ९ सय २४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको छ भने जनता समाजवादी पार्टी ९जसपा० नेपालले १ लाख २९ हजार ६ सय ३३ मत ल्याउँदै छैठौँ नम्बरमा रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #समानुपातिकतर्फ एमालेले १० लाख कटायो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्