धादिङमा गठबन्धनलाई झड्का, धादिङ- २ को प्रदेश (२) मा राप्रपाका डम्बर तामाङ विजयी

धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा राप्रपाका डम्बर तामाङ विजयी भएका छन् ।
नेकपा एमालेसंग तालमेल गरेर चुनाव लडेका तामाङ्ले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका जगत सिंखडालाई एक सय ३१ मतले पछि पार्दै विजयी भएका हुन् ।
प्रारम्भिक मत परिणाम अनुसार राप्रपाका तामाङले १४ हजार चार सय ८१ मत पाएका छन् । उनका निकटम प्रतिद्वन्दी सिंखडाले १४ हजार तीन सय ५० मत ल्याए ।
राप्रपाले आफ्नो पकड मान्दै आएको यो प्रदेशमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीको साथ लिएर चुनावी मैदानमा होमिएका माओवादी केन्द्रका सिंखडालाई गठबन्धनभित्रैका पार्टीका कार्यकर्ताले धोका दिएको समर्थकहरुले प्रतिक्रिया दिएका छन् । गठबन्धनप्रती असन्तुष्ट रहेका कांग्रेसका कार्यकर्ताहरुले पनि सामाजिक संजालमा आक्रोश पोखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##धादिङ, #डम्बर तामाङ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्