पर्वत प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको क्लिनस्वीप

पोखरा । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभाका दुई गरी तीनवटै सीट जितेर एमालेले क्लिनस्वीप गरेको छ ।
प्रतिनिधिसतर्फ एमालेका पदम गिरीले कांग्रेसका अर्जुन जोशीलाई हराए । गिरीले २७ हजार ८७२ मत पाउँदा कांग्रेसका जोशीले २९ हजार ६०९ मत पाए । ६६ हजार २२६ मत खसेको पर्वतमा गिरीले जोशीलाई २ हजार २६३ मतले हराएका हुन् ।
जोशीमाथि गिरीले लगातार दोस्रो जित निकालेका हुन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट गिरीले जोशीलाई १२ हजार ४५७ मतान्तरमा हराएका थिए । अहिले भने एमालेबाट एक्लै लडेका गिरीले जोशीलाई हराउन सके । पर्वत कांग्रेसमा जोशीसँग रुष्ट समूहलाई एमालेले क्यास गरेको छ ।
टिकट वितरणको क्रममा गिरीलाई महासचिव शंकर पोखरेलले जुनै हालतमा पनि चुनाव जितेर आउने रणनीति अपनाउन भनेका थिए । यसका लागि प्रदेशसभाका टिकट पनि कसलाई दिने गिरी आफैंले निर्णय लिन पोखरेलको निर्देशन थियो । प्रदेशमा गिरीले पहिला माधव नेपाल समूहमा रहेका नेतालाई टिकट दिएर सन्तुलन मिलाएका थिए । जसले एमालेको मत एकढिक्का भयो र कांग्रेसका असन्तुष्टले पनि सहयोग गरे ।
प्रदेशसभा १ मा एमालेका उम्मेदवार भक्तबहादुर कुँवरले माओवादीका सुदीप कुँवरलाई पराजित गरेका छन् । प्रदेशसभा ‘ख’ मा पनि एमालेका उम्मेदवार मित्रलाल बस्यालले नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीलाई हराए ।
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #hot, #पर्वत प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको क्लिनस्वीप
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्