झापा ४ बाट एमालेका एलपी साँवा लिम्बु निर्वाचित

झापा । झापा क्षेत्र नं ४ मा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बु विजयी भएका छन् ।
उनले २९ हजार ३१५ मत ल्याउँदै निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देउमान थेबेलाई हराए । थेबे नेपाली कांग्रेस झापा जिल्ला कमिटीका अध्यक्षसमेत हुन् ।
साँवा २०७४ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुप्रसाद ढकालले १४ हजार ४९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवारी दिएकी खुश्बु ओलीले ५ हजार १० मत ल्याएकी छन् ।
ढकाल पूर्वप्रहरी हुन् भने खुश्बु पूर्वमिस टिन नेपाल हुन् । उनी सामाजिक कार्यमा सक्रिय छिन् ।
झापा ४ मा ७८ हजार ४८३ मत खसेकोमा ४ हजार ६४७ मत बदर भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले, #साँवा लिम्बु
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्