Techie IT
सोमबार, वैशाख ७,२०८३

भक्तपुर-१: बाट नेमकिपाका प्रेम सुवाल निर्वाचित


काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई पराजित गरेका हुन् ।

सुवालले ४२ हजार ७ सय ६१ मत पाए भने उनका निकट्तम प्रतिस्पर्धी एमालेका गेलालले ११ हजार ९ सय ६८ मत पाए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्का ९ हजार ३ सय ३ मत ल्याउँदै तेस्रो स्थानमा रहे भने नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २ सय ८३ मत पाए ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रेम सुवाल


तपाईको कमेन्ट लेख्नुहोस्