पाँचथर प्रदेश सभा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर I पाँचथरमा प्रदेश सभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
पाँचथर प्रदेश सभा १ तर्फ नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगू विजयी हुनुभएको छ । जबेगूले १६ हजार ८३७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का राजकुमार भण्डारीले १६ हजार २०४ मत प्राप्त गर्नुभयो ।
जबेगू एकीकृत समाजवादी पाँचथरको अध्यक्ष तथा भण्डारी एमाले पाँचथरको अध्यक्ष हुनुहुन्छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले १ हजार ६ सय ३४ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा ३९ हजार ९३३ मत खसेकामा एक हजार ३३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै पाँचथर प्रदेश सभा २ मा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी हुनुभयो । आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६०५ मत प्राप्त गर्नुभयो । आङ्बो यसअघि पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेश नं. १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत हुनुहुन्छ । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले एक हजार ७६६ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा ३४ हजार ४६५ मत खसेकामा एक ३३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुवै क्षेत्रमा विजयको घोषणा भएको छैन् । पाँचथरमा प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पाँचथर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्