कैलाली–४ बाट कांग्रेसका बलायर निर्वाचित

काठमाडौँ । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उहाँले नेकपा (एमाले)का लेखराज भट्टलाई पराजित गर्नुभएको थियो ।
नव निर्वाचित बलायरले २६ हजार एक सय ७१ मत पाउँदा भट्टले २२ हजार पाँच सय ३३ मत पाउनुभएको हो । उहाँहरुको मतान्तर तीन हजार चार सय ३८ छ ।
विसं २०७० मा डोटीबाट निर्वाचित भएका बलायरले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । अघिल्लो निर्वाचनमा उहाँ तत्कालीन एमालेका प्रेमबहादुर आलेसँग पराजित हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #लेखराज भट्ट, #वीरबहादुर बलायर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्