गोरखा-१ मा राजेन्द्र बजगाई निर्वाचित

गोरखा निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाई निर्वाचित भएका छन् ।
निकटत्तम प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई फराकिलो मतान्तरले पराजित गर्दै बजगाईँ विजयी भएका हुन् ।
बजगाईँले ३३४२८ मत प्राप्त गरेका छन् भने बस्नेतले १६७८५ मत प्राप्त गरेका छन् ।
गोरखा १ मा कूल एकलाख १५ हजार ३९७ मतदाता मध्य ६० हजार ४३१ मत खसेको थियो ।
यसअघि २०७४ को प्रदेशसभा निर्वाचनमा गोरखा १ को प्रदेश क्षेत्र १ बाट बजगाईँ र बस्नेत दुवैजना प्रतिस्पर्धी थिए । त्यतिबेला बस्नेतले बजगाईँलाई पराजित गरेका थिए ।
अहिले प्रतिनिधिसभा निर्वाचनमा पनि उनीहरु दुवै जनाको चुनावी प्रतिस्पर्धा भएको हो । भीमसेन थापा गाउँपालिका १ मसेल रावलडाँडा स्थायी ठेगाना भएका बजगाई यसअघि नेपाली कांग्रेसको बाह्रौँ जिल्ला अधिवेशन, तेह्रौँ जिल्ला अधिवेशन र चौधौ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #राजेन्द्र बजगाईँ, #रामशरण बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्