बागलुङका ६ सिटमा गठबन्धनका उम्मेदवार विजयी
बागलुङ। प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले जित निकालेका हुन् ।
बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार चार सय ५१ मतसहित चौथो पटक संसद्को यात्रा तय गर्नुभएको हो । केसीले विसं २०५६ र २०६४ को निर्वाचन बागलुङबाटै जित्नुभएको थियो । विसं २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट संसद्मा पुग्नुभएको थियो ।
अहिलेको निर्वाचनमा नेकपा (एमाले) का सूर्य पाठकलाई पराजित गर्दै केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी पाठकले १८ हजार आठ सय २५ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा नौ हजार एक सय ८१ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल तेस्रो स्थानमा सीमित हुनुभयो ।
बागलुङ–२ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का सचिव देवेन्द्र पौडेल विजयी हुनुभएको छ । पौडेलले चार हजार पाँच सय ९९ सय मतान्तरसहित नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई पराजित गर्नुभएको हो ।
पौडेलले २४ हजार सात सय ७९ र चालिसेले २० हजार एक सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो । पौडेल विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
प्रदेशसभातर्फ १ ९१० मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई पराजित गर्नुभयो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीको १२ हजार चार सय पाँच मत आयो । विसं २०७४ को चुनावमा पराजित थापा गठबन्धनको जगमा यो चुनावको नतिजा आफ्नो पक्षमा पार्न सफल हुनुभएको हो ।
१ ९२० मा १३ हजार तीन सय २० मतसहित कांग्रेसका डिल्लीराम सुवेदी विजयी बन्नुभएको छ । कांग्रेसका कान्छा उम्मेदवारमध्येका सुवेदीले भारी मतान्तरसहित एमालेका नवराज पौडेललाई पराजित गर्नुभएको हो । पौडेलले सात हजार दुई सय ५३ मत ल्याउनुभयो ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ ९१० मा कांग्रेसका जित शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पराजित गर्नुभयो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभयो । शेरचन तेस्रो पटकमा प्रदेशसभामा पुग्न सफल हुनुभएको हो । विसं २०७४ र २०७६ को उपनिर्वाचनमा शेरचन पराजित हुनुभएको थियो ।
निर्वाचन क्षेत्र नं २ ९२० मा एमालेका लक्ष्मण पुनलाई पराजित गर्दै कांग्रेसका द्रोण कुँवर विजयी बन्नुभएको छ । कुँवरले १२ हजार चार सय आठ र पुनले आठ हजार छ सय ७१ मत प्राप्त गर्नुभयो । विसं २०७४ को चुनावमा तत्कालीन वाम गठबन्धनसँग जिल्लाका सबै क्षेत्रमा पराजित काँग्रेसले यस पटक प्रदेशसभाका चार वटै सिटमा जित निकाल्न सफल भएको छ । गठबन्धनमा आबद्ध माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा आफ्ना उम्मेदवारलाई प्रतिनिधिसभामा पठाउन सफल भएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #बागलुङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्