रुकुमपश्चिममा जनार्दन शर्माको अग्रता कायमै

रुकुमपश्चिम । रुकुमपश्चिममा प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अर्थमन्त्री जनार्दन शर्माले मतान्तर फराकिलो पार्दै लग्नुभएको छ । जम्मा १९ हजार छ सय ११ मतगणना गर्दा शर्माले १२ हजार सात सय ३३ मत ल्याउनुभएको छ ।
नेकपा (एमाले) का नन्दराम देवकोटाले चार हजार छ सय ३२ मतसहित शर्मालाई पछ्याइरहनुभएको छ । उहाँहरु बीचको मतान्तर आठ हजार एक सय एक रहेको छ । त्यस्तै राप्रपाका दिपककुमार मल्लले चार सय ४४, मङ्गोल नेशनल अर्गनाइजेशनका हरिबहादुर पुनले २०, स्वतन्त्र उम्मेदवार तारक केसीले नौ सय ५५ र अर्का स्वतन्त्र उम्मेदवार राजन पाण्डेले १९ मत पाउनुभएको छ । प्रतिनिधिसभामा एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिममा कूल ६० हजार पाँच सय २७ मत खसेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जनार्दन शर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्