Techie IT
शुक्रबार, वैशाख १८,२०८३

रुपन्देही ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्ल विजयी


लुम्बिनी । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सर्वेन्द्रनाथ शुक्ल विजयी हुनुभएको छ ।

उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमोदकुमार यादवलाई पाँच हजार दुई सय ९६ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।

कुल ७६ हजार छ सय ७५ मतमध्ये शुक्लले २८ हजार मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले बताउनुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार शुक्लका निकटतम् प्रतिस्पर्धी तथा नेपाली कांग्रेसबाट उम्मेदवार रहनुभएका यादवले २२ हजार ७ सय चार प्राप्त गर्नुभएको छ । जनमत पार्टीका भोपेन्द्रप्रसाद यादवले १५ हजार पाँच सय २६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी जनता समाजवादी पार्टी (जसपा) का ओमप्रकाश यादवले दुई हजार छ सय २३, नेपाल जनता पार्टीका महेन्द्र सिंहले एक हजार ८६, नागरिक उन्मुक्ति पार्टीका सत्यदेव चौधरी चार सय ६५, राष्ट्रिय जनमुक्ति पार्टीले एक सय ९९ तथा नेशनल मङ्गोल पार्टीले ५३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

सम्मरीमाई गाउँपालिका–४ जिगिना स्थायी घरभएका शुक्ल यस क्षेत्रबाट तेस्रो पटक चुनाव जित्नुभएको हो । उहाँ छ पटक मन्त्री भइसक्नुभएको छ । रासस


क्याटेगोरी : समाचार
ट्याग : #सर्वेन्द्रनाथ शुक्ल


तपाईको कमेन्ट लेख्नुहोस्