रौतहट -१ मा माधवकुमार नेपाल ४ हजार मतसहित अग्रस्थानमा
रौतहट । निर्वाचनको पछिल्लो मतगणना परिणामअनुसार रौतहट प्रतिनिधि सभा क्षेत्र न १ बाट माधवकुमार नेपाल ४ हजार ६३० मतले अगाडि रहनु भएको छ ।
मतगणनाको पछिल्लो परिणामअनुसार अध्यक्ष नेपालले १९ हजार ७७० मत प्राप्त गरी अग्र स्थानमा रहनु भएको हो । नेकपा एमालेका उम्मेदवार अजय कुमार गुप्ताले १५ हजार १४० मत प्राप्त गरी दोस्रो स्थानमा रहनु भएको जिल्ला निर्वाचन कार्यालय, रौतहटले जनाएको छ ।
रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाल मतगणना सुरुसँगै अहिलेसम्म अग्रता कायम राख्नुभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले बताउनुभयो ।
यस्तै, रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह र क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार प्रभु साह र क्षेत्र नं.४ मा नेपाली कांग्रेसका उम्मेदवार देव तिम्लिसिनाले अग्रता लिनुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #माधवकुमार नेपाल, #रौतहट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्