सिन्धुली २ (क)मा काँग्रेस र २ (ख)मा माओवादी विजयी
सिन्धुली । सिन्धुलीको क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी बनेका छन् ।
गठबन्धनबाट प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उमेदवार छेत्रबहादुर बम्जनले १६ हजार ८३५ मत र प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र) का गंगानारायण श्रेष्ठले १३ हजार एक मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशसभा (क) मा निर्वचित बम्जनले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उमेदवार बिनोदकुमार खड्कालाई पाँच हजार १५४ फराकिलो मतको अन्तरले पराजित गर्नुभयाे । एमालेका खड्काले ११ हजार ६८१ प्राप्त गर्नुभयाे ।
राप्रपाका राजेशविक्रम बस्नेतले एक हजार ८०८ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । मजदुर किसान पार्टीका संगिता दुवालले १३५ र मंगोल नेशनल अर्गनाईजेशनका वोजनकुमार बलले २१६ मत प्राप्त गर्नुभयाे।
पराजित खड्का २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । बम्जन २०७४ कोे निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेससभा (ख) मा माओवादी केन्द्रका वुद्धिमान माझीसँग पराजित भएका थिए ।
त्यस्तै, प्रदेशसभा (ख) मा निर्वचित श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उमेदवार रामकुमार पौडेललाई तीन हजार २१२ मतको अन्तरले पराजित गरेका छन् । एमालेका पौडेलले नौ हजार ७८९ मत प्राप्त गर्नुभयाे । राप्रपाका टलकबहादुर कार्कीले १७७ मत, मजदुर किसान पाटीका लक्ष्मण ग्वाछाले ३१ मत, मंगोल नेशनल अर्गनाईजेशनका तुलसी राईले २५१ मत र जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयाे ।
क्याटेगोरी : समाचार
ट्याग : #सिन्धुली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्