Techie IT
सोमबार, वैशाख २२,२०८२

काठमाडौं ५ मा प्रदीप पौडेल पाँच हजार मतान्तरले विजयी


काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ । नेकपा ९एमाले० का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल पहिलो पटक सांसद पदमा निर्वाचित हुनुभएको हो ।

काठमाडौं ५ मा खसेको ४५ हजार ९८७ मतमध्ये पौडेल १५ हजार २३७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका पोखरेलले १० हजार १७२ मत पाउनुभएको छ । ५ हजार ६५ मत अन्तरले पौडेल विजयी हुनुभएको हो । निर्वाचन अधिकृत ऋतबहादुर पुलामी मगरले अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ भन्नुभयो ।

नेता पोखरेल ९एमाले० का वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुनुहुन्छ । उहाँले यसअघि यही क्षेत्रबाट विजय हासिल गर्नुभएको थियो । उहाँ पूर्व रक्षामन्त्री पनि हुनुहुन्छ ।

पौडेल विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा आउनुभएको हो । उहाँ अमृत क्याम्पसबाट नेपाल विद्यार्थी नेताका रूपमा उदाउनुभएको हो । उहाँ स्ववियु सभापति, नेपाल विद्यार्थी सङ्घको उपाध्यक्षसहित केन्द्रीय अध्यक्ष हुनुभयो ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले उहाँलाई केन्द्रीय सदस्यमा नियु्क्त गर्नुभएको थियो भने १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँ २०६२–६३ सालको जनआन्दोलन २०६३ मा अग्रपङ्क्तिमा रहेका युवाहरूमध्ये एक प्रभावशाली विद्यार्थी नेता हुनुहुन्थ्यो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौं निर्वाचन क्षेत्र नम्बर २(१), #प्रदीप पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545