तिनपिप्लेमा रक्तदान कार्यक्रम हुदै
तारकेश्वर नगरपालिकाको तिनपिप्लेमा रक्तदान कार्यक्रमको आयोजना हुदै छ ।
रक्तदान जिवन दान भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रममा सहभागी हुन आयोजक तिनपिप्ले टोल सुधार समितिले सबैलाई आह्वान समेत गरेको छ ।
रगतको अभावमा बिरामीको मृत्यु हुन सक्ने सम्भावनालाई न्युनिकरण गर्ने सो कार्यक्रम फलदायी हुने तिनपिप्ले टोल सुधार समितिका उपाध्यक्ष राजकुमार अर्यालले बताए ।
हाल उपत्यकामा ४०० युनिट ब्लडको माग छ । शनिबार बाहेक अन्यदिन ३५ र ४० युनिट रगत मात्र संकलन हुन्छ । रक्तदान कार्यक्रमहरुमा समेत लक्ष्य अनुरुपको रगत संकलन हुन सकेको छैन । त्यसैले रगत अभाब भएको ब्लड बैकका उपनिर्देशक डा प्रकाशकुमार यादब बताउनुहुन्छ ।
रगत अभाबले रगत जुटाउन ब्लड बैंक पुग्ने भन्दा सामाजिक सञ्जाल नै रगत जुटाउनका लागि सजिलो माध्यम बन्दै गएको छ । ब्लड बैंक अपायक ठाउँमा हुँदा आम सर्वसाधारणले पाएको दुःख त छदै थियो बालकुमारीसम्म पुगेर पनि रगत नपाने समेत अवस्था भएको बेलाबखत समाचार बाहीर आइरहेको छ ।
यहि चैत्र १६ गते शनिवार बिहान १० बजे बाट सुरु हुने आयोजक संस्थाले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्लेमा रक्तदान कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्