तिनपिप्लेमा रक्तदान कार्यक्रम हुदै

तारकेश्वर नगरपालिकाको तिनपिप्लेमा रक्तदान कार्यक्रमको आयोजना हुदै छ ।
रक्तदान जिवन दान भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रममा सहभागी हुन आयोजक तिनपिप्ले टोल सुधार समितिले सबैलाई आह्वान समेत गरेको छ ।
रगतको अभावमा बिरामीको मृत्यु हुन सक्ने सम्भावनालाई न्युनिकरण गर्ने सो कार्यक्रम फलदायी हुने तिनपिप्ले टोल सुधार समितिका उपाध्यक्ष राजकुमार अर्यालले बताए ।
हाल उपत्यकामा ४०० युनिट ब्लडको माग छ । शनिबार बाहेक अन्यदिन ३५ र ४० युनिट रगत मात्र संकलन हुन्छ । रक्तदान कार्यक्रमहरुमा समेत लक्ष्य अनुरुपको रगत संकलन हुन सकेको छैन । त्यसैले रगत अभाब भएको ब्लड बैकका उपनिर्देशक डा प्रकाशकुमार यादब बताउनुहुन्छ ।
रगत अभाबले रगत जुटाउन ब्लड बैंक पुग्ने भन्दा सामाजिक सञ्जाल नै रगत जुटाउनका लागि सजिलो माध्यम बन्दै गएको छ । ब्लड बैंक अपायक ठाउँमा हुँदा आम सर्वसाधारणले पाएको दुःख त छदै थियो बालकुमारीसम्म पुगेर पनि रगत नपाने समेत अवस्था भएको बेलाबखत समाचार बाहीर आइरहेको छ ।
यहि चैत्र १६ गते शनिवार बिहान १० बजे बाट सुरु हुने आयोजक संस्थाले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तिनपिप्लेमा रक्तदान कार्यक्रम
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्