झापा – ५ मा केपी ओली र २ मा देवराज घिमिरेको अग्रता कायमै

झापा । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा झापामा नेकपा एमालेका अध्यक्ष केपी ओलीसहित अर्का उम्मेदवार देवराज घिमिरे अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीका उम्मेदवारले एक एक ठाउँमा अग्रस्थान बनाएका छन् ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले अग्रता लिनुभएको छ भने क्षेत्र नं २ मा नेकपा एमालेका देवराज घिमिरे तथा क्षेत्र नं ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै छ ।
क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिनुभएको छ, भने झापा क्षेत्र नं ४ मा स्वतन्त्र पार्टीका उम्मेदवार शम्भु ढकालले अग्रता लिनुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले १३ हजार आठ सय ५० मत प्राप्त गर्दा एमालेका अग्नि खरेलले आठ हजार ६४९ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं २ मा एमालेका घिमिरेले नौ हजार दुई सय २५ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले आठ हजार एक सय १६ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले पाँच हजार दुई सय ६५ मत प्राप्त गर्दा कांग्रेसका कृष्णप्रसाद सिटौलाले तीन हजार सात सय ८८ मत प्राप्त गर्नुभएको छ ।
क्षेत्र नं ४ मा घण्टी स्वतन्त्र पार्टीका शम्भु ढकालले छ हजार आठ सय ७९ मत प्राप्त गर्दा एमालेका लालप्रसाद सावाले छ हजार चार सय ९५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै क्षेत्र नं ५ मा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले १३ हजार दुई सय ७८ मत प्राप्त गर्दा कांग्रेसका खगेन्द्र अधिकारीले सात हजार सात सय पाँच मत प्राप्त गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी ओली, #देवराज घिमिरे, #विश्वप्रकाश शर्मा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्