लुम्बिनीका नौ निर्वाचन क्षेत्रमा एमाले अगाडि

बुटवल । लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये २५ क्षेत्रको मत परिणाम भइरहेको छ । गुल्मी २ मा रोकिएको एक केन्द्रमा आज मतदान भइरहेकाले मतगणना गर्न बाँकी छ । पछिल्लो अपडेट अनुसार नवलपरासीका दुई क्षेत्रमध्ये १ मा कांग्रेसका विनोद चौधरी र २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले अग्रता लिईरहनुभएकाे छ ।
रुपन्देहीका ५ क्षेत्रमध्ये १ मा एमालेका छविलाल विक र ५ मा वासुदेव घिमिरे, २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल, ३ मा राप्रपाका दीपक बोहरा, ४ मा लोसपाका सर्वेन्द्रनाथ शुक्लाले अग्रता लिईरहनुभएकाे छ ।
पाल्पाका दुई क्षेत्रमा एमालेका उम्मेदारले अग्रता लिएका छन् । १ बाट नारायण आचार्य र २ मा ठाकुर गैरेले अग्रता लिनुभएकाे हाे । गुल्मी २ मा एमालेका गोकर्ण विष्टले अग्रता लिइरहनुभएकाे छ भने १ मा स्थगित भएको एक केन्द्रमा आज मतदान भएपछि गणना हुनेछ ।
अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले अग्रता कायम राख्नुभएकाे छ । कपिलवस्तुको १ मा एमालेका बलाराम अधिकारीले अग्रता लिनुभएकाे ५ भने २ मा कांग्रेसका सुरेन्द्र आचार्य र ३ मा अभिषेक शाहले अग्रता लिइरहनुभएकाे छ ।
दाङका ३ क्षेत्रमध्ये १ मा नेकपा एसका मेटमणि चौधरी, २ मा माओवादीका रेखा शर्मा, ३ मा कांग्रेसका दीपक गिरीले अग्रता लिइरहनुभएकाे छ । बाँकेको १ मा एमालेका सूर्य ढकाल, २ मा राप्रपाका धवलशमशेर राणा र ३ मा कांग्रेका किशोरसिंह राठोरले अग्रता राख्नुभएकाे छ । बर्दिया १ मा नागरिक उन्मुक्तिका ठाकुरसिंह थारु र २ मा स्वतन्त्रका लालबिर चौधरीले अग्रता लिईरहनुभएकाे छ ।
रुकुमपूर्वमा माओवादीका पूर्णबहादुर घर्तीले अग्रता लिनुभएकाे छ । रोल्पामा माओवादीका वर्षमान पुनले अग्रता लिईरहनुभएकाे छ । मंगलबार मात्रै गणना सुरु भएको प्युठानमा एमालेका सूर्य थापाले सुरुवाती अग्रता लिनुभएकाे छ ।
एमाले
रुपन्देही-१ छविलाल विश्वकर्मा, ५ मा वासुदेव घिमिरे, पाल्पा–१ नारायण आचार्य, २ ठाकुर गैरे, गुल्मी–२ गोकर्ण विष्ट, अर्घाखाँची टोपबहादुर रायमाझी, प्यूठान सूर्य थापा, कपिलवस्तु-१ बलाराम अधिकारी, बाँके-१ सूर्य ढकाल
कांग्रेस
पश्चिम–नवलपरासी-१ विनोद चौधरी, कपिलवस्तु-२ सुरेन्द्र आचार्य र ३ मा अभिषेकप्रताप शाह, दाङ-३ दिपक गिरी, बाँके-३ किशोरसिंह राठौर
माओवादी
रुकुम पूर्व पूर्णबहादुर घर्ती, रोल्पा वर्षमान पुन, दाङ-२ रेखा शर्मा
राप्रपाः
पश्चिमनवलपरासी-२ ध्रुवबहादुर प्रधान, रुपन्देही-३ दीपक बोहरा, बाँके-२ धवलशमशेर राणा
स्वतन्त्र:
बर्दिया-२ लालबीर चौधरी
नागरिक उन्मुक्ति
बर्दिया-१ ठाकुरसिंह थारु
नेस्वपा
रुपन्देही– २ गणेश पौडेल
लोसपाः
रुपन्देही ४ सर्वेन्द्रनाथ शुक्ला
एकीकृत समाजवादी :
दाङ-१ मेटमणि चौधरी
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #लुम्बिनीका नौ निर्वाचन क्षेत्रमा एमाले अगाडि
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्