निर्वाचनमा दुई दिन बिदा दिन निजी क्षेत्रसँग सरकारको आग्रह

सरकारले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आ-आफ्ना उद्योग, प्रतिष्ठान तथा कार्यालयमा दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रसँग आग्रह गरेको छ ।
सरकारबाट निर्वाचनका सन्दर्भमा सरकारी कार्यालय र सार्वजनिक निकायमा दुई दिन बिदा दिने निर्णय भएको जनाउँदै गृह मन्त्रालयले निजी प्रतिष्ठान, उद्योग कलकारखाना तथा कार्यालयमा यही मङ्सिर ४ र ५ गते सार्वजनिक बिदा दिने व्यवस्था गर्न आग्रह गरेको हो ।
मन्त्रालयले निर्वाचनका दिन दुई दिन सार्वजनिक बिदा दिन निजी क्षेत्रका छाता सङ्गठनलाई पत्राचारसमेत गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, वायुसेवा सञ्चालक सङ्घ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निजी क्षेत्रका सबै छाता सङ्गठनलाई पत्राचार गर्दै निर्वाचनका समयमा दुई दिन बिदा दिन आग्रह गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
सरकारले यसअघि सरकारी तथा सार्वजनिक निकायमा मङ्सिर ४ र ५ तथा विद्यालयमा मङ्सिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यस्तै त्रिभुवन विश्वविद्यालयले पनि आजदेखि मङ्सिर ५ गतेसम्म क्याम्पस तथा कार्यालयमा सार्वजनिक बिदा दिइसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्