हेटौंडामा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा ‘डिस्पोज’
मकवानपुर। मकवानपुरको हेटौंडा-१० राप्तीपुल नजिकै फेला शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
गएराती अन्दाजी १० बजेको समयमा प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले फेला परेको शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
४ मंसिर आइतबार हुने आम निर्वाचन नजिकिँदै गर्दा शंकास्पद वस्तु देखा परेपछि सो क्षेत्रका स्थानीय त्रसित भएका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #शंकास्पद वस्तु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्