उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री
जाजरकोट। उपल्लो डोल्पामा १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो ।
सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाको चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाको सातवटा मतदान केन्द्र गरी जम्मा १२ मतदान केन्द्रमा हेलिकोप्टरको प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी सेनाको हेलिकोप्टरबाट पठाइएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।
उनका अनुसार मतदान सकिएपछि पनि मतपत्र, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीसमेत हेलिकोप्टरबाटै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ । भौगलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्वतयारी गर्न समस्या देखिएपछि हेलिकोप्टर प्रयोग थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपल्लो क्षेत्रमा पर्ने २२ मतदान केन्द्रका लागि हेलिकोप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताका हिसाबमा १२ मतदान केन्द्रका लागि मात्र हेलिकोप्टर व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।
बिहीबार शे–फोक्सुण्डोको वडा नं ३ साल्दाङ्ग मतदान केन्द्र र छार्काको एउटा मतदान केन्द्रमा दुई उडान हेलिकोप्टर प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी पठाइएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । आज बिहानदेखि बाँकी १० वटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाइने निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।
माथिल्लो डोल्पाका १२ मतदान केन्द्रबाहेकका अन्य मतदान केन्द्रका लागि मतपत्रलगायतका निर्वाचन सामग्री घोडाखच्चड र मानिसको पिठ्यूँमा बोकेरै मतदान केन्द्रतर्फ कर्मचारी जाँदै गरेको र केही पुगिसकेको जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री, #निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्