काठमाडौं क्षेत्र नं-९ को चुनाव रोक्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले काठमाडौं ९ को चुनाव स्थगित गर्न माग गर्दै परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले १५ दिनभित्र कारण बुझाउन निर्वाचन आयोगलाई निर्देशन दिएको हो ।
निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने कारणहरू नरहेको अदालत प्रारम्भिक ठहर छ ।
काठमाडौं ९ का उम्मेदवार मधु कार्कीले फरक(फरक उम्मेदवारलाई एकै किसिम समरूप देखिने चुनाव चिह्न दिएको कार्यले निर्वाचनको स्वच्छतामाथि प्रश्न उठेको भन्दै निवेदन दिएकी थिइन् ।
साथै उनले काठमाडौं ९ मा मंसिर ४ का लागि तोकिएको निर्वाचन स्थगित गर्न अन्तरिम आदेश माग गरेकी थिइन् । सर्वोच्च अदालत त्यसमा भने सहमत भएन ।
क्याटेगोरी : समाचार
ट्याग : #सर्वोच्च अदालत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्