काठमाडौं १ मा उम्मेदवारी निस्क्रिय पार्दै डम्बर साहु, प्रकाशमानलाई हराउन लाग्ने घोषणा

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका डम्बर साहुले आफ्नो उम्मेदवारी निस्क्रिय तुल्याउने भएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई हराउने घोषित उद्देश्यसहित उनले यस्तो कदम चालेका हुन् ।
साहुले आज पत्रकार सम्मेलन गर्दै उम्मेदवारी निस्क्रियको घोषणा गर्दैछन् । अब आफूले कुन उम्मेदवारलाई समर्थन गर्ने भन्ने उनले खुलाएका छैनन् । पटक–पटक चुनाव जितेर पनि केही गर्न नसकेका सिंहलाई हराउनका लागि अन्य उम्मेदवारहरु एकजुट बन्नुपर्ने उनको भनाइ छ ।
नेपाल प्रेससँग साहुले भने, ‘मैले यही उम्मेदवारलाई समर्थन गर्छु भनेको छैन । कुनै एक उम्मेदवारलाई सर्वसम्मत बनाउँ भन्ने मेरो प्रस्ताव हो । रविन्द्र मिश्र, किरण पौडेल, रमेश खरेल, पुकार बम जसको नाममा पनि सहमति गर्दा हुन्छ । म चाहिँ अब यो दौडमा हुन्न ।’
साहुले हाम्रो नेपाली पार्टी ९लौरो अभियान० बाट काठमाडौं १ मा उम्मेदवारी दिएका थिए । स्थानीय चुनाव अगाडि स्वतन्त्र अभियान चलाएका साहुकै पहलमा केही स्वतन्त्र उम्मेदवारहरु मिलेर हाम्रो नेपाली पार्टीका नाममा चुनाव लडेका हुन् । आफ्नो उम्मेदवारी निस्क्रिय तुल्याउने भएपछि उनी अहिले अन्य उम्मेदवारहरुसँग वार्तालापमा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #डम्बर साहु, #प्रकाशमान सिंह
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्