Techie IT
शुक्रबार, असार ६,२०८२

मंसिर ४ गते आफ्नो र छोराछोरीको भविष्य सम्झिएर मतदान गर्न अध्यक्ष ओलीको आग्रह


कठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते आफ्नो र छोराछोरीको भविष्य सम्झिएर मतदान गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै अध्यक्ष ओलीले अबको ५ वर्ष मुलुकलाई कसको हातमा सुम्पने भन्ने निर्क्योल गर्नुपर्ने बेला आएको बताएका छन् ।

उनले भनेका छन्, ‘भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला । पहिलो तपाईँको आफ्नै भविष्य र दोस्रो तपाईँका छोराछोरीको भविष्य ।’ उनले आफू झुटो नबोल्ने र सत्य नछोड्ने पनि बताएका छन् । ‘म झुटो बोल्दिँन, सत्य छोड्दिँन । तपाईँलाई थाहा छ म पटक पटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ ।’

अध्यक्ष ओलीले अहिले देश केही व्यक्ति र समूहको स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको बताउँदै गठबन्धनको कुनै राष्ट्रिय उदेश्य नभएको र गठबन्धन रहिरहे मुलुक बर्बाद हुने जिकिर गरे ।

राष्ट्रियहित, स्वाधिनता, स्वाभिमानको रक्षा र स्थिर सरकारका लागि मंसिर ४ गते एमालेलाई मतदान गर्न पनि ओलीले अपिल गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545