तेह्रथुममा स्वतन्त्र समूहको पनि साथ पाएपछि एमालेका उम्मेदवार सुव्वा र दुलाल झन् ढुक्क
तेह्रथुम । गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र समूहको पहिचान बनाएको तेह्रथुमको लालीगुँरास नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष महेन्द्र सुव्वाको समूहले पनि एमालेका प्रतिनिधिसभाका उम्मेदवार डा. विजय सुव्वा र प्रदेशसभाका एमालेका उम्मेदवार किशोरचन्द्र दुलाललाई सघाउने भएको छ ।
उनीहरुले आज सहमति गरेर एमालेका उम्मेदवारलाई सघाउने जनाएका हुन् । स्थानीय निर्वाचनमा उनीहरुले एमालेसँग गठबन्धन गरी वडाध्यक्ष जितेका थिए । वडाध्यक्ष सुव्वा, वडा सदस्यहरु लिलम बस्नेत, यशोदा सम्हाम्फे, मन्दिरा कामीलगायतले आज सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । तेह्रथुममा एमालेको अवस्था बलियो रहेकोमा अहिले यो समूहले पनि सघाउने भएपछि एमाले थप उत्साहित भएको छ ।
प्रतिनिधिसभाका निवर्तमान सांसद सुव्वाले तेह्रथुमबाट २०४८ र २०५६ सालको संसदीय निर्वाचन जितेका थिए । सुव्वाले सत्ता गठबन्धन भए पनि कुनै फरक नपर्ने बताएका छन् । ‘मतदाताहरु हाम्रो पक्षमा हुनुहुन्छ, गठबन्धन माथिमाथि भएको हो, चुनाव हामी जित्छौं’ उनले भने ‘एमालेले हिजोका दिनमा गरेका राम्रा कामको मतदाताले प्रसंशा गर्नुभएको छ, अब पनि एमालेको सरकार बन्यो भनें आफूहरुको जिवनमा परिवर्तन आउँछ भन्ने उहाँहरुलाई लागेको छ ।’ दुलाल पनि लामो समयदेखि राजनीति गरेका इमानदार नेताका रुपमा चिनिन्छन् । दुलाल तेह्रथुमको ‘१’ प्रदेशबाट उम्मेदवार भएका छन् । २०४१ साल कार्तिक २० गते भण्डारी आउने अरे भन्ने थाहा पाएपछि भाषण सुन्न गएका दुलाललाई त्यो दिनदेखि नै एमालेको विचारले तान्यो, उनी बिस्तारै एमालेको राजनीतिमा सक्रिय भएर लागे ।
दुलालले प्रधानाध्यापकको जागिर खाँदै गरेका उनले पेन्सन हुन डेढ वर्ष नै बाँकी हुँदा राजीनामा दिएर राजनीतिक यात्रा अघि बढाए । उनी त्यो निर्णय सम्झँदै आज भन्छन् ‘ त्यतिबेला मेरो निर्णय सही लागेको थियो तर मलाई धेरैले गल्ती गरिस् भनें, मैले जे गरें मलाई त्यसमा दुःख लागेको छैन ।’ २०५१ सालमा जिल्लाको पार्टी सचिव भएका दुलाल २०५४ सालमा जिल्ला विकास समितिको सभापति भए । पार्टीको प्रदेश कमिटीका सदस्य दुलालले आगामी निर्वाचनमा प्रदेशका मतदाताले जिताउने अपेक्षा गरेका छन् ।
‘म पार्टीको उम्मेदवार हुँ, सबैलाई थाहा छ तर मलाई पार्टीबाहिरको पनि राम्रो मत आउँछ’ उनले भने ‘मैले अहिलेसम्म राजनीतिसँगै समाजसेवा पनि गरें, मेरो योगदानको कदर होला भन्नेमा ढुक्क छु ।’
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्