रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौ । नागरिकता प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । लामिछानेले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै दुई जनाले आयोगमा उजुरी परेपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।
आयोगमा उजुरी परेलगत्तै आयोगले चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो । त्यसैअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक साताको समयावधि दिएर स्पष्टीकरण सोधेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले भने, ‘तपाई बिरुद्ध आयोगमा उजुरी परेको छ । तपाईलाई लागेको आरोप के सत्य हो रु यदि सत्य हो भने तपाइको उम्मेदवारी आयोगले खारेज किन गर्नु नपर्ने रु स्पष्ट प्रमाणसहित एक हप्ता भित्र स्पष्टीकरण पेस गर्नुहोला भन्ने व्यहोरासहितको स्पष्टीकरण सोधेका छौ ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने, #रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्