रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौ । नागरिकता प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । लामिछानेले विदेशी नागरिकता लिँदा नेपाली नागरिकता नत्यागेको भन्दै दुई जनाले आयोगमा उजुरी परेपछि उनलाई स्पष्टीकरण सोधिएको हो ।
आयोगमा उजुरी परेलगत्तै आयोगले चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्राचार गरेको थियो । त्यसैअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक साताको समयावधि दिएर स्पष्टीकरण सोधेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले भने, ‘तपाई बिरुद्ध आयोगमा उजुरी परेको छ । तपाईलाई लागेको आरोप के सत्य हो रु यदि सत्य हो भने तपाइको उम्मेदवारी आयोगले खारेज किन गर्नु नपर्ने रु स्पष्ट प्रमाणसहित एक हप्ता भित्र स्पष्टीकरण पेस गर्नुहोला भन्ने व्यहोरासहितको स्पष्टीकरण सोधेका छौ ।’
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रवि लामिछाने, #रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्