निर्वाचनको कारणले भोलिदेखि ४ दिनका लागि रेल सेवा बन्द हुने
जनकपुरधाम । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई दृष्टिगत गरेर जनकपुरधाम जयनगरसम्म सञ्चालनमा रहेको ब्रोडगेज रेल सेवा भोलिदेखि चार दिनका लागि बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालन निरञ्जन झाले आज सूचना जारी गर्दै चुनावका कारणले भोलि मङ्सिर १ गतेदेखि ४ गते आइतबारसम्मको सम्पूर्ण सेवा बन्द हुने भएको जानकारी दिनुभयो ।
मङ्सिर ५ गतेदेखि पुनः नियमित रुपमा रेल सेवा सञ्चालन हुने प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो । जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ । दैनिक रुपमा दुई पटक जनकपुरधामबाट सञ्चालन हुने गरेको छ ।
शान्ति सुरक्षाका लागि नेपाल भारतको सीमा नाका मङ्सिर १ गतेदेखि ४ गतेसम्म सिल रहने भएकाले रेल सेवा बन्द गरिएको छ । दुई देशका सुरक्षा अधिकारीहरूको भारतको मधुबन्नी जिल्लाको जयनगरमा भएको संयुक्त बैठकबाट मङ्सिर ४ गते हुने चुनावलाई दृष्टिगत गरेर सीमा नाका बन्द गर्ने निर्णय गरेका थिए ।
त्यस कारणले रेल सेवा पनि बन्द गरिएको छ । जनकपुरधामबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हँुदै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #रेल सेवा भोलिदेखि चार दिनका लागि बन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्