लैङ्गिक विभेद अन्त्यका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक विभेदको अन्त्यका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
भाष्कर–तजश्री स्मृति प्रतिष्ठानले आज राष्ट्रपति भवन शितल निवासमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले लैङ्गिक विभेदले देशको सर्वाङ्गिण विकासमा अवरोध पुर्याउने हुनाले यसको अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले बाल्यकालदेखि महिलाले सामना गर्नुपर्ने विभेदको नकारात्मक असर सिंगो परिवारको शान्ति र प्रगतिमा पर्ने गरेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले लैङ्गिक विभेदलाई विश्वले नै विकासको प्रमुख बाधकको रूपमा लिएको उल्लेख गर्नुहुँदै सामाजिक तथा आर्थिक क्षेत्रमा महिलामाथि हुने भेदभावपूर्ण व्यवहारको अन्त्यका लागि नीति निर्माताहरूले विशेष ध्यान दिनुपर्र्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक डा भेषबहादुर थापा, अध्यक्ष प्रा।डा। रीता थापालगायतले बालिकालाई यौन दुव्र्यवहार तथा लैङ्गिक विभेदबाट बचाउन परिवारका सदस्य एवं नजिकका नातेदारहरूको बढी भुमिका हुने बताउनुहुँदै त्यसका लागि जनचेतनाका कार्यक्रमहरूमा जोड दिनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्