लैङ्गिक विभेद अन्त्यका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक विभेदको अन्त्यका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
भाष्कर–तजश्री स्मृति प्रतिष्ठानले आज राष्ट्रपति भवन शितल निवासमा गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले लैङ्गिक विभेदले देशको सर्वाङ्गिण विकासमा अवरोध पुर्याउने हुनाले यसको अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले बाल्यकालदेखि महिलाले सामना गर्नुपर्ने विभेदको नकारात्मक असर सिंगो परिवारको शान्ति र प्रगतिमा पर्ने गरेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले लैङ्गिक विभेदलाई विश्वले नै विकासको प्रमुख बाधकको रूपमा लिएको उल्लेख गर्नुहुँदै सामाजिक तथा आर्थिक क्षेत्रमा महिलामाथि हुने भेदभावपूर्ण व्यवहारको अन्त्यका लागि नीति निर्माताहरूले विशेष ध्यान दिनुपर्र्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक डा भेषबहादुर थापा, अध्यक्ष प्रा।डा। रीता थापालगायतले बालिकालाई यौन दुव्र्यवहार तथा लैङ्गिक विभेदबाट बचाउन परिवारका सदस्य एवं नजिकका नातेदारहरूको बढी भुमिका हुने बताउनुहुँदै त्यसका लागि जनचेतनाका कार्यक्रमहरूमा जोड दिनुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्