काठमाडौँ ३ जसपा का उम्मेदवार मोहन कुमार विश्वकर्मा एमालेमा प्रवेश

काठमाडौँ । जनता समाजवादी पार्टीका बागमती प्रदेश इन्चार्ज मोहन कुमार विश्वकर्मा एमाले प्रवेश गर्नुभएको छ । जसपाका तर्फबाट काठमाडौँ – ३ का उम्मेदवारसमेत रहनुभएका विश्वकर्मा आफ्नो उम्मेदवारी स्थगित गर्दै एमालेमा प्रवेश गर्नुभएको हो ।
विश्वकर्मा जसपाको राजनीतिक विभागको पोलिटब्युारो सदस्य समेत हुनुहुन्थ्यो । विश्वकर्मा आफ्ना सम्पूर्ण समर्थक तथा शुभचिन्तकसहित एमाले प्रवेश गर्नुभएको हो ।
विश्वकर्माले एमाले प्रवेश गर्नुहुँदै यस क्षेत्रमा रहेका सम्पूर्ण समर्थक तथा शुभचिन्तक र मतदाताहरूलाई सूर्यमा मतदान गरी नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने महाअभियानमा सरिक हुन आह्वान गर्नुभयो । यो क्षेत्रमा नेकपा एमालेबाट कृष्ण राई उम्मेदवार हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मोहन कुमार विश्वकर्मा एमालेमा प्रवेश
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्