काठमाडौँ ३ जसपा का उम्मेदवार मोहन कुमार विश्वकर्मा एमालेमा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टीका बागमती प्रदेश इन्चार्ज मोहन कुमार विश्वकर्मा एमाले प्रवेश गर्नुभएको छ । जसपाका तर्फबाट काठमाडौँ – ३ का उम्मेदवारसमेत रहनुभएका विश्वकर्मा आफ्नो उम्मेदवारी स्थगित गर्दै एमालेमा प्रवेश गर्नुभएको हो ।
विश्वकर्मा जसपाको राजनीतिक विभागको पोलिटब्युारो सदस्य समेत हुनुहुन्थ्यो । विश्वकर्मा आफ्ना सम्पूर्ण समर्थक तथा शुभचिन्तकसहित एमाले प्रवेश गर्नुभएको हो ।
विश्वकर्माले एमाले प्रवेश गर्नुहुँदै यस क्षेत्रमा रहेका सम्पूर्ण समर्थक तथा शुभचिन्तक र मतदाताहरूलाई सूर्यमा मतदान गरी नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने महाअभियानमा सरिक हुन आह्वान गर्नुभयो । यो क्षेत्रमा नेकपा एमालेबाट कृष्ण राई उम्मेदवार हुनुहुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मोहन कुमार विश्वकर्मा एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्